दफा
कोषले आर्थिक स्रोत जुटाउन सक्ने
कोषले आफनोे उद्देश्य अनुरुपको कार्यक्रम सञ्चालन गर्नको लागि नेपाल सरकार, सरकारी तथा गैर सरकारी संस्था, विदेशी सरकार वा संस्था, अन्तर्राष्ट्रिय संस्था वा निकायहरुसित ऋण, अनुदान, दान दातव्य वा उपहार लगायत आवश्यक आर्थिक स्रोत जुटाउन सक्नेछ ।
तर विदेशी सरकार वा संस्था, अन्तर्राष्ट्रिय संस्था वा निकायहरुसित आर्थिक स्रोत लिनु अगावै कोषले नेपाल सरकारको स्वीकृति लिनु पर्नेछ ।